Services
Home / Services
मन्दिरको प्रस्तावित स्वरुप
जगद्गुरुत्तम मन्दिर: एक आध्यात्मिक यात्रा
Sadhana Shivir
Shree Radha Madhav Samiti Nepal
सिमरा र भरतपुरमा सेवा र अध्यात्मको संगम! |...
Shree Radha Madhav Samiti Nepal
Jagadguruttam Divas Mahotsav
Shree Radha Madhav Samiti Nepal
श्री कृपालुजी महाराजको संक्षिप्त जीवनी


जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत् परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।
श्री कृपालुजी महाराज, आध्यात्मिक प्रवर्तक
श्री कृपालुजी महाराजले मानव कल्याण, आध्यात्मिक जागरण, र सद्भावना बढाउने उद्देश्यले धेरै मन्दिर, निःशुल्क शैक्षिक संस्था, निःशुल्क स्वास्थ्य सेवा प्रदायक संस्थाहरु र सेवा प्रकल्पहरू स्थापना गर्नुभयो। उहाँको जीवन र शिक्षा सबैलाई प्रेम, भक्ति, र आध्यात्मिक चेतना अभिवृद्धि गर्न मार्ग प्रशस्त गर्छ।

जगद्गुरुश्री कृपालुजी महाराज
नेपालको नुवाकोटको ग्रामीण परिवेशमा जन्मिनु भएका स्वामी श्री हरिदास जी एक महान आध्यात्मिक युवा दार्शनिक हुनुहुन्छ। उहाँले आध्यात्मिकता र भौतिकवादबीचको विवादलाई वेद पुराण र सनातन ग्रन्थहरुको प्रमाण दिई व्यावहारिक रूपमा समाधान गर्नु भएको छ। नेपाली भाषाका एक मात्र प्रवचनकर्ता जसले जगद्गुरु श्री कृपालुजी महाराजको भक्ति मार्गको सर्वश्रेष्ठताको बारेमा प्रचार गर्दै आउनुभएको छ। जगद्गुरु श्री कृपालुजी महाराजले स्वामीजीलाई वेद, उपनिषद्, भागवत, पुराण, भगवद् गीता, रामायण, तथा पूर्वीय र पश्चिमी दर्शनको सम्पूर्ण ज्ञानको बारेमा केवल १६ दिनमै प्रशिक्षित गरी नेपाली भाषीहरु माझ आध्यात्मिक चेतना फैलाउन आदेश दिनु भएको थियो।
विसं २०६४ असोज १५ (ईसं २००८ अक्टोबर १) मा जगद्गुरु श्री कृपालुजी महाराजबाट पीत वस्त्र प्राप्त गरी उहाँबाट प्रशिक्षित भइसके पछि २०६६ असार १२ देखि उहाँले गुरु प्रदत्त ज्ञानको प्रचार आरम्भ गर्नु भई उहाँले नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायत, आयरल्यान्ड, र भुटानसम्म पुगेर लाखौं मानिसलाई आध्यात्मिक ज्ञान, नैतिकता र वास्तविक आनन्द कसरी प्राप्त गर्ने आदि विषयमा ज्ञानको प्रवाह गर्नुभएको छ।
संगीता दिदीको परिचय

२०६६ कार्तिक ७ गते जगद्गुरु श्री द्वारा पीत वस्त्र प्राप्त गरी श्री जगद्गुरु कृपालुजी महाराजको दिव्य कृपाले विभूषित हुनु भएको थियो, आदरणीय संगीता दिदी दिव्य गुरुदेवका शिक्षाहरूको निष्ठपूर्वक अनुसरण गर्ने एक साधिका हुनुहुन्छ। उहाँ कलियुगका जीवहरूलाई परम आनन्द प्राप्त गर्ने मार्ग देखाउने गुरु प्रणित रसमय संकिर्तनकी कुशल साधिका हुनुहुन्छ, जसले भगवान् को स्तुति गाएर भक्तिलाई जीवन्त तुल्याउनुहुन्छ। संगीता दिदीले जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित पौराणिक तथा दिव्य काव्य र भजनहरू अत्यन्त सुमधुर एवं मोहक स्वरमा प्रस्तुत गर्नुहुन्छ, जसले प्रत्येक श्रोताको हृदयमा गहिरो रूपमा स्पर्श गर्छ र उनीहरूलाई आध्यात्मिक ऊर्जा प्रदान गर्छ।