Jurethum, Hetauda, Nepal
Follow us:
About Us

About Us

Home/About Us
Shri Kripaluji Maharaj
About Us

आदरणीय संगिता दिदि

यस युगका पञ्चम मूल जगद्गुरुत्तम श्री कृष्ण जी महाराजद्धारा प्रणीत सुमधुर पदहरुको गहन भावार्थ सरल नेपाली भाषामा प्रवाहित गर्नका लागि साथै तिनको प्रेरक गायनद्धारा भगवत्प्रेमको अंकुर प्रस्फुटन गराउन हुने आदरणीय संगीता दिदी श्री राधा माधव समिति नेपालको अध्यक्ष तथा श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रकी संरक्षक हुनुहुन्छ। उहाँको निर्देशनमा यस जगद्गुरुत्तम मन्दिर तथा श्री राधा माधव समितिका कार्यहरु अगाडी बढीरहेका छन्।

आदरणीय संगिता दिदि, आध्यात्मिक प्रवर्तक

श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र कुनै जात, जाति, धर्म, भाषा वा सम्प्रदायको बन्धनमा बाँधिएको छैन। यो संस्था सबैको सेवामा समर्पित रहेकोछ।

About Us

संगीता दिदीको परिचय

२०६६ कार्तिक ७ गते जगद्गुरु श्री द्वारा पीत वस्त्र प्राप्त गरी श्री जगद्गुरु कृपालुजी महाराजको दिव्य कृपाले विभूषित हुनु भएको थियो, आदरणीय संगीता दिदी दिव्य गुरुदेवका शिक्षाहरूको निष्ठापूर्वक अनुसरण गर्ने एक साधिका हुनुहुन्छ। उहाँ कलियुगका जीवहरूलाई परम आनन्द प्राप्त गर्ने मार्ग देखाउने गुरु प्रणित रसमय संकिर्तनकी कुशल साधिका हुनुहुन्छ, जसले भगवान् को स्तुति गाएर भक्तिलाई जीवन्त तुल्याउनुहुन्छ। संगीता दिदीले जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित पौराणिक तथा दिव्य काव्य र भजनहरू अत्यन्त सुमधुर एवं मोहक स्वरमा प्रस्तुत गर्नुहुन्छ, जसले प्रत्येक श्रोताको हृदयमा गहिरो रूपमा स्पर्श गर्छ र उनीहरूलाई आध्यात्मिक ऊर्जा प्रदान गर्छ। उहाँको दिव्य स्वर र गीतका शब्दहरूले श्रोताहरूको हृदयमा आध्यात्मिक आनन्दको तरंग उत्पन्न गराउँदै उनीहरूलाई वर्तमान भौतिकवादी संसारबाट टाढा, भगवान् को दिव्य धामतर्फ उन्मुख गराउँछ। श्री जगद्गुरु कृपालुजी महाराजको कृपाले सुसम्पन्न, आदरणीय संगीता दिदी राधा माधव समिति, नेपाल की अध्यक्ष हुनुहुन्छ, जसको गतिविधि र ख्याति नेपालका सीमाभन्दा पर विश्वभर दर्जनौ स्थानहरूमा फैलिएको छ। ------------------

Daily Schedule

हाम्रो आध्यात्मिक मार्गदर्शकहरू

Spiritual Guide

जगद्गुरु श्री कृपालुजी महाराज

जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत् परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो।

Guide 1Guide 2