

जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।
श्री कृपालुजी महाराज, आध्यात्मिक प्रर्वर्तक
श्री कृपालुजी महाराजले मानव कल्याण, आध्यात्मिक जागरण, र सद्भावना बढाउने उद्देश्यले धेरै मन्दिर, शैक्षिक संस्था, नि:शुल्क स्वास्थ्य केन्द्रहरु र सेवा प्रकल्पहरू स्थापना गर्नुभयो। उहाँको जीवन र शिक्षा ले सबैलाई प्रेम, भक्ति, र आध्यात्मिक चेतना अभिबृध्दि गर्ने मार्ग प्रशस्त गर्छ।
श्री राधाकृष्ण भक्तिको मूर्तिमान स्वरुप जगद्गुरु १००८ श्री कृपालुजी महाराज यस युगका पञ्चम मूल जगद्गुरु हुनुहुन्छ । उहाँले काशी विद्वत परिषद् द्वारा १९५७ ई.सं. जनवरी १४ तारिख तदनुसार २०१३ साल मकर संक्रान्तिका दिन जगद्गुरुत्तम उपाधी स्विकार गरी विश्वका समस्त दर्शन शास्त्रलाई वेद सम्मत ढंगबाट समन्वय गर्नु भएको छ । जगद्गुरुश्री का अनेक प्रचारकहरु मध्ये उहाँद्वारा प्रतिपादित सनातन वैदिक धर्मका आधारभूत मर्मलाई समन्वय गर्ने दर्शन प्रेम रस सिध्दान्त द्वारा परिपालित ज्ञान नेपाली भाषामा नेपाली जनहरु माझ वितरण गर्ने जगद्गुरुश्री का एक मात्र नेपाली प्रचारक स्वामी श्री हरिदास ज्यू को संरक्षकत्वमा नेपाली भक्तजनहरुको प्रयासमा मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिकाको वडा नं १७ स्थित जुरेथुम हटियामा सच्चिदानन्द भगवान श्री राधा कृष्णको मन्दिरको साथै भगवद्स्वरुप श्री कृपालुजी महाराजको समाधी मन्दिर स्थापना गरिएको छ । यस पवित्र मन्दिरको संचालन र संरक्षण गरी मानव कल्याण तथा अध्यात्मिक तत्वज्ञान प्राप्तिमा योगदान पुर्याउँदै आध्यात्मिक चिन्तन, साधना एवं अध्ययन अनुसन्धान केन्द्र , सांस्कृतिक तथा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न भगवद् अनुरागी जन् लाई साधना, रुपध्यान (मेडिटेसन), र प्राणायामको माध्यमबाट व्यक्तित्व विकास गर्न का साथै सबैमा सद्भाव, सहिष्णुता, भ्रातृत्व प्रेम कायम राखी वास्तविक आनन्द प्राप्तिका लागि भगवत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने यस मन्दिरको प्रमुख उद्देश्य रहेको छ । यस उद्देश्य प्राप्तिका लागि “ श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र” नामक संस्थाको स्थापना गरिएको छ ।
जगद्गुरुश्री कृपालुजी महाराजको प्रेमरस सिध्दान्तको अनुयायी १८ वर्ष पुरा भएको नैतिक पतन देखिने कुनै फौजदारी र भ्रष्टाचारको अभियोगमा सजाय न पाएको ब्यक्ति सदस्यताको लागि योग्य भएको मानिनेछ । यस सम्बन्धमा श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको कार्य समितिको निर्णय अनुसार हुनेछ।


जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत् परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो।

