
श्री कृपालुजी महाराजको संक्षिप्त जीवनी
जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।
श्री कृपालुजी महाराज, आध्यात्मिक प्रर्वर्तक
श्री कृपालुजी महाराजले मानव कल्याण, आध्यात्मिक जागरण, र सद्भावना बढाउने उद्देश्यले धेरै मन्दिर, शैक्षिक संस्था, नि:शुल्क स्वास्थ्य केन्द्रहरु र सेवा प्रकल्पहरू स्थापना गर्नुभयो। उहाँको जीवन र शिक्षा ले सबैलाई प्रेम, भक्ति, र आध्यात्मिक चेतना अभिबृध्दि गर्ने मार्ग प्रशस्त गर्छ।
जगद्गुरुस्तम मन्दिरको परिचय
श्री राधाकृष्ण भक्तिको मूर्तिमान स्वरुप जगद्गुरु १००८ श्री कृपालुजी महाराज यस युगका पञ्चम मूल जगद्गुरु हुनुहुन्छ । उहाँले काशी विद्वत परिषद् द्वारा १९५७ ई.सं. जनवरी १४ तारिख तदनुसार २०१३ साल मकर संक्रान्तिका दिन जगद्गुरुत्तम उपाधी स्विकार गरी विश्वका समस्त दर्शन शास्त्रलाई वेद सम्मत ढंगबाट समन्वय गर्नु भएको छ । जगद्गुरुश्री का अनेक प्रचारकहरु मध्ये उहाँद्वारा प्रतिपादित सनातन वैदिक धर्मका आधारभूत मर्मलाई समन्वय गर्ने दर्शन प्रेम रस सिध्दान्त द्वारा परिपालित ज्ञान नेपाली भाषामा नेपाली जनहरु माझ वितरण गर्ने जगद्गुरुश्री का एक मात्र नेपाली प्रचारक स्वामी श्री हरिदास ज्यू को संरक्षकत्वमा नेपाली भक्तजनहरुको प्रयासमा मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिकाको वडा नं १७ स्थित जुरेथुम हटियामा सच्चिदानन्द भगवान श्री राधा कृष्णको मन्दिरको साथै भगवद्स्वरुप श्री कृपालुजी महाराजको समाधी मन्दिर स्थापना गरिएको छ । यस पवित्र मन्दिरको संचालन र संरक्षण गरी मानव कल्याण तथा अध्यात्मिक तत्वज्ञान प्राप्तिमा योगदान पुर्याउँदै आध्यात्मिक चिन्तन, साधना एवं अध्ययन अनुसन्धान केन्द्र , सांस्कृतिक तथा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न भगवद् अनुरागी जन् लाई साधना, रुपध्यान (मेडिटेसन), र प्राणायामको माध्यमबाट व्यक्तित्व विकास गर्न का साथै सबैमा सद्भाव, सहिष्णुता, भ्रातृत्व प्रेम कायम राखी वास्तविक आनन्द प्राप्तिका लागि भगवत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने यस मन्दिरको प्रमुख उद्देश्य रहेको छ । यस उद्देश्य प्राप्तिका लागि “ श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र” नामक संस्थाको स्थापना गरिएको छ ।
सदस्यता प्राप्तिका लागि आवश्यक योग्यता:
जगद्गुरुश्री कृपालुजी महाराजको प्रेमरस सिध्दान्तको अनुयायी १८ वर्ष पुरा भएको नैतिक पतन देखिने कुनै फौजदारी र भ्रष्टाचारको अभियोगमा सजाय न पाएको ब्यक्ति सदस्यताको लागि योग्य भएको मानिनेछ । यस सम्बन्धमा श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको कार्य समितिको निर्णय अनुसार हुनेछ।

Learn More What We Do
And Get Involved
आध्यात्मिक चेतनाको अभिवृद्धि:
यस अध्यात्म केन्द्रले मन्दिर परिसरमा आवधिक रुपमा रुध्यानाध्यात्मक साधना, भगवन्नाम संकीर्तन, दैनिक आरती तथा योग, आध्यात्मिक गोष्ठी अन्तर्क्रिया, साथै विभिन्न आध्यात्मिक गतिविधिहरू आयोजना गरी जनमानसमा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्न सहयोग पुर्याउने ।
समाजसेवाका कार्यहरू:
यस अध्यात्म केन्द्रले सामाजिक उत्थान र विकासका लागि सामाजिक सेवाका कार्यहरू जस्तै नियमित रुपमा निःशुल्क स्वास्थ्य उपचार / परामर्श तथा औषधी वितरण, स्थानीय विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई पाठ्य सामग्री वितरण, स्थानीय ज्येष्ठ नागरिक असहायहरूका लागि विविध सहयोग, साथै सेवा दीन दुःखीहरूलाई निःशुल्क भोजन आदि विभिन्न परोपकारका परोपकारका कार्यहरू नियमित रूपमा गर्ने ।
युवा वर्गमा नैतिक शिक्षाको विकास:
विद्यालय तथा कलेजहरूमा अध्ययनरत विद्यार्थीहरू लक्षित गरी नैतिक शिक्षाको चेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तथा युवाहरूलाई श्री डिभाइन युथ क्लब नेपालमा संगठित गर्दै उनीहरूलाई सामाजिक सेवा र आध्यात्मिक दर्शनको ज्ञान प्रवाह गर्दै सक्षम नागरिक बनाउन योगदान गर्ने ।
Inspiring Positive Change In Our Community
Enhancing Spiritual Consciousness
Regular meditation sessions, devotional chanting, daily Aarti, spiritual discussions, and various activities to uplift spiritual consciousness in society.

Inspiring Youth Towards Ethical Values
Organizing awareness programs in schools and colleges to instill moral values in students and encouraging them to engage in social service and spiritual wisdom.

Preserving Nature for a Sustainable Future
Protecting nearby community forests, rivers, and natural resources while promoting the area as a spiritual eco-zone.


जगद्गुरुस्तम मन्दिरको निर्माण !
जगद्गुरुस्तम मन्दिरको निर्माण कार्य तुरुन्तैको सम् आरम्भ गर्नुपर्ने आवश्यकताका कारण, संस्थाका र आध्यात्मिकताको प्रवर्द्धनका साथै राष्ट्रिको मेरुदण्डले दुर्गम भएका संस्कृति हाम्रो भावना सहयोगी गर्न दिनुहोस् र गुण कमाउनुहोस्।
- Bank Name:

- Account Name:
SHREE JAGADGURUTTAM MANDIR ADHYATMA KENDRA
- Account Number:
02519678570


